कार्यालय प्रमुख
9858753876
दार्चुला जिल्लाको सदरमुकाम खलङ्गामा अबस्थित (महाकाली नगरपालिका वडा नं.५ गल्फैमा) वि.सं. २०४३ साल देखि संचालनमा आएको जिल्ला अस्पताल दार्चुलाले दार्चुला जिल्लाका ९ वटै स्थानीय तहका नागरिकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । जिल्ला अस्पताल दार्चुलाको भौतिक संरचना ३७-११-०-१ रोपनी क्षेत्रफलमा फैलिएर रहेको भएपनि वि.सं. २०७० साल असार २ गते महाकाली नदीमा आएको बाढीको कारण अस्पतालको जग्गा र सो जग्गा मा रहेका भवनहरु समेत बगाई लगे पछि हाल जिल्ला अस्पताल दार्चुला सँग २४-१-०-१ रोपनी जग्गा (नापि कार्यालय दार्चुलाका अनुसार) मात्र बाँकी छ भने बाढीबाट बाँकी बचेका जीर्ण भवनका केहि कोठाहरु र प्रदेश सरकारको अनुदान बाट निर्मित केहि कोठे भवनहरुबाट हाल जिल्ला अस्पतालको सेवा प्रवाह भैरहेको छ । जिल्ला सदरमुकाम क्षेत्रमा सार्वजनिक जमिन (अस्पतालको लागि चाहिने जग्गा भएको) प्राप्त हने अवस्था नभएको तथा अस्पताल रहेको क्षेत्रका बासिन्दाहरुले उक्त अस्पताल अन्यत्र सार्ने कोशिष गर्दा विरोध गर्ने गरेका कारण हाल बाँकी रहेकै जमिनमा ठाउँ अनुसारको सुहाउँदो डिजाईन ईस्टमेट गरि थप ५० शैयाको अस्पताल भवन निर्माण गर्नुको विकल्प देखिदैन । १५ शैयाको स्वीकृत दरबन्दी रहेको... थप हेर्नुहोस
| शीर्षक | प्रकाशित मिति | डाउनलोड |
|---|
| शीर्षक | प्रकाशित मिति | डाउनलोड |
|---|
| शीर्षक | प्रकाशित मिति | डाउनलोड |
|---|